ताँती नै काफी पहिचान हाम्रो ।

यस्तो शिर्षक राखेर एक दुई शब्द लेख्न मलाई नि कहाँ मन थियो र तर खै यो बाध्यता भनौ या रहर ? यस्को निश्चित उतर भने पक्कै मसङ्ग छैन । हाम्रो देश यस्तो देश हो जस्को पहिचान नै ताती को देश भन्दा फरक नपर्ला, सायद । सरकारी कार्यलय जाउ तातिमा बस्नै पर्ने, कुनै अरु कार्यलय जाउ १५ मिनेट को कामलाई २ घण्टा समय निकालेर जानु पर्छ, कलेज जाउ त्यही तातिमा बस्दाको सास्ती । के हाम्रो देशले चाहेको खण्डमा यो समस्यबाट मुक्त हुन सक्दैन र ? के हाम्रो देशको नेताहरुमा यो समस्यको समाधान गर्ने क्षमता छैन र ? होइन, क्षमता नभएको होइन छ तर कारण एउटै छ त्यो हो पुजी अर्थात् पैसा । हाम्रो देशको नेताहरू सबै पैसामा बिकेको छन । चुनाबको बेला हरेक घरधुरीमा गएर मलाई भोट दिएर जिताउनुहोस म यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर आश्वासन देखाउछन । हुन त हामी नागरिकहरु पनि उस्तै (उहि ड्याङको मुला ना) परियो । मिठो मिठो कुरा सुनेर अहिले केहि गरिहाल्छ झै गरेर भोट खसाल्नमा आतुर अनि आखिरमा पुर्पुरोमा हात राख्यो अनि नेतालाई सराप्यो बस्यो ।

हाम्रो देश बिश्वमा जलस्रोतको रूपमा दोस्रो धनी देश भनी चिनिन्छ तर बास्तबिकता भने बिलकुल फरक छ । बिश्वमा जलस्रोतको दोस्रो धनी देश भएर मात्र नहुने रहेछ, यहाँ अझै कति जिल्लाहरुमा घण्टौ हिडेर पिउने पानी ल्याउनु पर्ने अबस्था छ, पानी भर्नको लागी घन्टौ ताती बस्ने अबस्थाहरु पनि कायमै छन त कति ठाउँमा बाटो हिड्ने बटुवा समेतलाई पिउने पानी सम्म दिन नसक्ने अबस्थाहरु पनि प्रसस्तै छन । यस्तो घटनाहरु देख्न कहि जानु पर्दैन हाम्रै देश हाम्रै जिल्ला तथा गाउघरमा यस्को ज्वलन्त उदाहरण पाउन सकिन्छ ।

म केहि समय अगाडि पाल्पा जिल्लाको एउटा गाउँ पुगेको थिए जहाँ मैले एक हप्ता बिताए । त्यो एक हप्ताको बसै धेरै अर्थपूर्ण त रह्यो नै साथमा भिन्नै प्रकारको अनुभव पनि भयो । हुन त त्यस्तो गतिविधि भने हाम्रो देशको लागी नंया भने बिल्कुलै होइन, सायद म जन्मे हुर्केको समुदायमा यस्तो प्रकारको गतिविधिहरु नभएको कारणले ति सब मेरो लागी नंया अनुभव भए होलान । हप्ता दिनको बसैमा मैले भौगोलिक फरक, राजनीति, शिक्षा, जनजीवन तथा जातीय र धार्मिक गतिविधिहरु बारे एकदम फरक अनुभव पाए । हुन त यहा मैले मुख्री गर्न खोजेको कुरा भने यो होइन ।

त्यहाँका मानिसहरुले बिहान सखारै उठेर गर्ने पहिलो कर्तव्य भने दिनभरी लाई पुग्ने पानी भर्न र बोक्नु हो । बिहान जो छिटो धारामा पुग्यो उस्कको पालो अघि त्यसै गरि नै आउने जाने क्रम भइरहेकै हुन्छ धारामा पानी आउने बेला सम्म । त्यहाँका नेताहरुले पानीको समस्यबाट मुक्त गर्छौ हामिलाई भोट दिनोस हाम्रो पार्टी लाई जिताउनोस भन्ने नेताहरु कति आए कति गए । कतिले यसो काम गरिटोपले तर समस्य भने जहिको त्यही। के बिश्वमा जलस्रोत को रुपमा चिनिने दोस्रो धनी देशबासिहरुको हालत यस्तै हुनुपर्ने हो र ? के हार्मो सरकार सङ्ग त्यो समस्यको समाधान गर्ने क्षमता छैन र? क्षमता नि छ गर्न सक्छ तर कारण एउटै हो भ्रष्टाचार ।

त्यहाँका मानिसहरुसङ्ग हामी कुराकानी गर्दा जनताहरुले यहि कुरा गर्थे पानी योजनाको लागी कति पैसा आयो तर हाम्रो लागी पानी भने कहिले आएन, नेताहरु फेरिए, पार्टी फेरिए तर जनताको समस्यको समाधान भएन ।

जस्को घरमा जन धेरै छ उस्को लागी सहज भो, जस्को घरमा जन थोरै छ कठै पानी भर्न र बोक्दैमा दिन जान्छ, महिना जान्छ, बर्ष बित्छ अनि यसैगरी जिन्दगी पनि बित्छ ।

आज पानी भर्नकै लागी त यति ताती बस्नु पर्छ भने अरु कामको लागी त सामन्य कुरा भयो । त्यसैकारण मलाइ यो भन्न मन पर्यो कि हाम्रो देशको पहिचान नै ताती, जे कामको लागी पनि ताती नबसी हुन्न । हामी कहिलेसम्म यसरी बस्नु पर्ने होला । बिश्व प्राबिधिक कारणले कहा पुगिसक्यो तर हाम्रो देशमा भने अझै ताती नै बस्नु पर्ने । कस्तो बिडम्बना यो ।

मेरो देश मलाई प्यारो लाग्छ 🙏🙏🙏

Leave a comment