लक्डाउन ।

मैले यो लेख्दै गर्दा कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले नेपाल लक्डाउन घोषणा गरेको १० दिन पुरा भएर ११ दिनमा लागेको छ । यति दिन भित्र म जम्मा दुई दिन यहि नजिकैको पसलसम्म पुगे बाकी दिनहरु भने कोठा भित्रै बिते । यो समयमा कति समय दिन रातमा र रात दिनमा परिनत भए कारण एउटै हो गर्ने काम धेरै भएनी कोठा भित्र बस्दा बस्दा दिक्क लागेको ले मात्र सुत्ने काम भो, कहिले दिउसो सुतै त कहिले राती सुतै ।

बाकी काम भनेको पकायो खायो, यसो झ्यालबाट चियायो, एकछिन पड्यो सबै भन्दा धेरै युट्युबमा भएका लगभग सबै फ्लिम भने भ्याइयो । दैनिक समाचार भने हेरिरहेकै हुन्थे, यो बेलाको प्रयाजसो समाचारहरुले मनै खिन्न भएर आउथ्यो, कति समाचार र भिडियोहरुले भने अनायसै आखाबाट आशु पनि आउथे । अनि सोच्थे, अलिअली हुनेखानेहरुको त लक्डाउन एउटा चाड झै भो तर बिचरा ति मानिसहरु जस्ले दिनभरी पसिना बगाएर बिहान बेलुकाको छाक टार्छन । बिचरा ति मानिसहरु जस्लाई लक्डाउन भनेको के हो भनी थाहा नभएको कारण ३५० किलोमीटर सम्म पैदल यात्रा गरि हप्ता दिन लगाएर आफ्नै घर जानलाई पुलिस देखी रातदिन छली आफ्नो बाटो तताए । कतिले यहि काठमाडौमा भएको आफ्नो डेरासम्म पुग्न नपाई सडकमै बास भए । यस्ता समाचारहरु हाम्रो देशमा खास नौलो भने होइन तर यस्तो जटिल परिस्थितिमा सरकारको ध्यानाकर्षण हुनुपर्ने हो तर हाम्रो लागी यो ठुलो बिडम्बना हो ।

लक्डाउनको पहिलो हप्तासम्म त खास मेरो डेराको वरिपरि तेस्तो भिड देखिएन तर जब अर्को एक हप्ता लम्बियो त्यसपछि भने केहि बाक्लो हलचल हुन थाल्यो । सायद उनीहरुलाई पनि मलाई जस्तै छट्पटी भो होला, दिक्क भो होला, खाने कुरा सकिए होला, के गरौ कसो गरौ भो होला र त केहि चहलपहल भो ।

माथी क्याबिनेटमा भने दैनिक बैठक हुन्छ निर्णय हुन्छ तर कार्यनयन भने २० को १९ पनि हुन्न । यतिबेला नेताहरू घुसपैठमा ब्यस्त छन ब्यापारीहरुले पनि त्यही सिको गर्दैछन तर नागरिकहरु भने खिस्स दात देखाएर चित्त बुझायो बस्यो गर्दैछन । यहाँ कोरोना भाइरसको कारण ले भन्दा नि मानिसले एक छाक खान नपाएको कारण ज्यान जाने प्रबल सम्भावना देखिन्छ ।
यतिबेला मनभित्र अनेकौं कुरासँग जुवारी खेल्दै म सेल्फ आइसोलेसनमा बसिरहेको छु । नेपाली जनताले भोगिरहेको अबस्थामा म आफैलाई राखेर उनिहरुसङै भोगिरहेछु । बिचरा म गर्न सक्ने केहि छैन म त एउटा निरिह न परे ।

#सकेसम्मएकलेअर्कोलाईसहयोगगरौयोकठिनघडिमा#
सुरक्षित रहौ र अरुलाई पनि सुरक्षित हुन सहयोग गरौ ।
🙏🙏🙏

ताँती नै काफी पहिचान हाम्रो ।

यस्तो शिर्षक राखेर एक दुई शब्द लेख्न मलाई नि कहाँ मन थियो र तर खै यो बाध्यता भनौ या रहर ? यस्को निश्चित उतर भने पक्कै मसङ्ग छैन । हाम्रो देश यस्तो देश हो जस्को पहिचान नै ताती को देश भन्दा फरक नपर्ला, सायद । सरकारी कार्यलय जाउ तातिमा बस्नै पर्ने, कुनै अरु कार्यलय जाउ १५ मिनेट को कामलाई २ घण्टा समय निकालेर जानु पर्छ, कलेज जाउ त्यही तातिमा बस्दाको सास्ती । के हाम्रो देशले चाहेको खण्डमा यो समस्यबाट मुक्त हुन सक्दैन र ? के हाम्रो देशको नेताहरुमा यो समस्यको समाधान गर्ने क्षमता छैन र ? होइन, क्षमता नभएको होइन छ तर कारण एउटै छ त्यो हो पुजी अर्थात् पैसा । हाम्रो देशको नेताहरू सबै पैसामा बिकेको छन । चुनाबको बेला हरेक घरधुरीमा गएर मलाई भोट दिएर जिताउनुहोस म यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर आश्वासन देखाउछन । हुन त हामी नागरिकहरु पनि उस्तै (उहि ड्याङको मुला ना) परियो । मिठो मिठो कुरा सुनेर अहिले केहि गरिहाल्छ झै गरेर भोट खसाल्नमा आतुर अनि आखिरमा पुर्पुरोमा हात राख्यो अनि नेतालाई सराप्यो बस्यो ।

हाम्रो देश बिश्वमा जलस्रोतको रूपमा दोस्रो धनी देश भनी चिनिन्छ तर बास्तबिकता भने बिलकुल फरक छ । बिश्वमा जलस्रोतको दोस्रो धनी देश भएर मात्र नहुने रहेछ, यहाँ अझै कति जिल्लाहरुमा घण्टौ हिडेर पिउने पानी ल्याउनु पर्ने अबस्था छ, पानी भर्नको लागी घन्टौ ताती बस्ने अबस्थाहरु पनि कायमै छन त कति ठाउँमा बाटो हिड्ने बटुवा समेतलाई पिउने पानी सम्म दिन नसक्ने अबस्थाहरु पनि प्रसस्तै छन । यस्तो घटनाहरु देख्न कहि जानु पर्दैन हाम्रै देश हाम्रै जिल्ला तथा गाउघरमा यस्को ज्वलन्त उदाहरण पाउन सकिन्छ ।

म केहि समय अगाडि पाल्पा जिल्लाको एउटा गाउँ पुगेको थिए जहाँ मैले एक हप्ता बिताए । त्यो एक हप्ताको बसै धेरै अर्थपूर्ण त रह्यो नै साथमा भिन्नै प्रकारको अनुभव पनि भयो । हुन त त्यस्तो गतिविधि भने हाम्रो देशको लागी नंया भने बिल्कुलै होइन, सायद म जन्मे हुर्केको समुदायमा यस्तो प्रकारको गतिविधिहरु नभएको कारणले ति सब मेरो लागी नंया अनुभव भए होलान । हप्ता दिनको बसैमा मैले भौगोलिक फरक, राजनीति, शिक्षा, जनजीवन तथा जातीय र धार्मिक गतिविधिहरु बारे एकदम फरक अनुभव पाए । हुन त यहा मैले मुख्री गर्न खोजेको कुरा भने यो होइन ।

त्यहाँका मानिसहरुले बिहान सखारै उठेर गर्ने पहिलो कर्तव्य भने दिनभरी लाई पुग्ने पानी भर्न र बोक्नु हो । बिहान जो छिटो धारामा पुग्यो उस्कको पालो अघि त्यसै गरि नै आउने जाने क्रम भइरहेकै हुन्छ धारामा पानी आउने बेला सम्म । त्यहाँका नेताहरुले पानीको समस्यबाट मुक्त गर्छौ हामिलाई भोट दिनोस हाम्रो पार्टी लाई जिताउनोस भन्ने नेताहरु कति आए कति गए । कतिले यसो काम गरिटोपले तर समस्य भने जहिको त्यही। के बिश्वमा जलस्रोत को रुपमा चिनिने दोस्रो धनी देशबासिहरुको हालत यस्तै हुनुपर्ने हो र ? के हार्मो सरकार सङ्ग त्यो समस्यको समाधान गर्ने क्षमता छैन र? क्षमता नि छ गर्न सक्छ तर कारण एउटै हो भ्रष्टाचार ।

त्यहाँका मानिसहरुसङ्ग हामी कुराकानी गर्दा जनताहरुले यहि कुरा गर्थे पानी योजनाको लागी कति पैसा आयो तर हाम्रो लागी पानी भने कहिले आएन, नेताहरु फेरिए, पार्टी फेरिए तर जनताको समस्यको समाधान भएन ।

जस्को घरमा जन धेरै छ उस्को लागी सहज भो, जस्को घरमा जन थोरै छ कठै पानी भर्न र बोक्दैमा दिन जान्छ, महिना जान्छ, बर्ष बित्छ अनि यसैगरी जिन्दगी पनि बित्छ ।

आज पानी भर्नकै लागी त यति ताती बस्नु पर्छ भने अरु कामको लागी त सामन्य कुरा भयो । त्यसैकारण मलाइ यो भन्न मन पर्यो कि हाम्रो देशको पहिचान नै ताती, जे कामको लागी पनि ताती नबसी हुन्न । हामी कहिलेसम्म यसरी बस्नु पर्ने होला । बिश्व प्राबिधिक कारणले कहा पुगिसक्यो तर हाम्रो देशमा भने अझै ताती नै बस्नु पर्ने । कस्तो बिडम्बना यो ।

मेरो देश मलाई प्यारो लाग्छ 🙏🙏🙏

नारी दिवस!

घरभित्र जे जसो भएनी नारी दिवसको दिन चै दिल खुलेर सामाजिक संजालमा शुभकामना दिन्छन हाम्रा मान्छेहरु। घरियासी हिंसा कति छ भनेर त्यही सामाजिक संजालमा पोस्ट गर्नेहरुलाई नै बढी थाहा छ।

बिचरा ति मान्छेहरु …….

फेसबुक सबैको साझा चौतारी

हिजो आज सामाजिक संजाल सबैको बिसौने चौतारी बनेको छ बिशेष गरि फेसबुक (मुहारपुस्तिका) । सुखको कुरा नि फेसबुक भित्तामा आएर बिश्राम गरेको छ अनि दु:खद नि, राम्रो र नराम्रो दुबैको चौतारी बनेको छ, विद्यार्थी देखी हाकिम हुदै गृहणि तथा प्रौढसम्म सबैको बिसौने चौतारी यहि सामाजिक संजाल त छ आजकल । कसैसँग रिस उठ्यो फ्याट्ट बिसाको छ, राम्रो भो happy, excited, wonderful के के जति लेख्यो अनि फ्याट्ट पोस्ट हान्देको छ । कसैसँग माया पिरतिका कुरा भो in relationship भनेर राख्री छ, अहिले यो गर्दै छु त्यो गर्दैछु, यस्तो खादैछु,उस्तो खादैछु रे, यहा जादैछु, त्यहाँ पुगे, यस्तो उस्तो गरे रे खै के के ।

कसैको मृत्यु भयो RIP रे त्यो नि फेसबुकमा, त्यती मात्र कहाँ होर मृत्यु भैसकेको मान्छेको कफिन बक्ससङ्ग सेल्फी खिची खिची म यहाँ छु भन्दै फेसबुकमा लगौनै पर्ने । सानो कुरादेखी ठुलो कुरासम्म सबैले यो सबैको साझा चौतारीमा, जे होस फुर्सदिलाहरुको समय सदुपयोग भएको छ, एक्लै समय बिताउनु साह्रो परेकाहरुका लागी प्रशस्त साथिहरु भेटिएका छन, मनका कुराहरु कहाँ पोखौ भनी उकुसमुकुस भएकाहरुका लागी मनका कुरा पोखौने शितल चौतारी भएको छ, आफुले गरेको कामको प्रदर्सन गर्ने ठाँउ भएको छ, आफ्नो कला देखाउने ठाउँ भएको छ, दुखी गरिबको सेवा गर्ने एउटा ठाउँ नि भएको छ । जे होस बास्तबमा जे गर्यो यो फेसबुकले गर्यो ।

जय फेसबुक!!!

😀😀😀😀😀

आज फेरि मन दुखेछ क्यार

बिहान सखारै उठेर हेर्दा एकदम चम्किलो, उज्यालो, हसिलो थियो उस्को मुहार तर जब घडीको आफ्नो निरन्तर गतिसङै आफ्नो मुहारको त्यो खुशी, मुस्कानहरु बिस्तारै बिलिन हुदै गएको देखे, अनि मेरो कोठाको झ्यालबाट यसो नियाल्दै मन मनै भने “आज फेरि मन दुखेछ क्यार” ।

प्रसङ्ग काठमाडौंमा छिन छिनमा बद्लिरहने मौसमको, आज बिहानै उठेर कोठाको झ्यालको पर्दा दायाँबायाँ सार्दै झ्याल खोली आखा मिच्दै यसो बहिर हेरे आकाश एकदम सफा, उज्यालो देखियो मेरो कोठाबाट देखिने यो शहरको दृश्यले मनै लोभायो अनि मनमनै सोचे आज नि गर्मी धेरै हुने रहेछ । त्यसपछि म आफ्नो दैनिक कामतिर ध्यानाकर्षण गर्दै बेस्त भए र एकै छिनमा भुलेछु त्यो मनमोहक दृश्य । घडीको सुई आफ्नै रफ्तारमा घुमिरहेको थियो म भने खाना बनौन तिर सम्पुर्ण ध्यानाकर्षण खर्च गरिरहेको थिए, घडीमा बिहानको ९ बजिसके छ यसै बेला मोबाइलको रिङ्ग बज्यो र मेरो ध्यानाकर्षण भङ्ग भयो र मेरो नजर फेरि झ्यालबाट बहिरतिर लाग्यो । बाहिरको त्यो दृश्य देखेर म फेरि भित्र भित्रै मेरो मनलाई भने “आज फेरि मन दुखेछ” ।
यो शहरमा यतिका बर्ष बस्दा यहाको मौसमको परिवर्तितको रुपको बारेमा खास अचम्म लाग्दैन । तर यो सब देख्दा यस्तो लाग्छ र एक ब्याक्तिको जिवन जस्तै लाग्छ यो शहरको मौसम पनि । एकैछिन खुसी हुने, फेरि एकैछिनमा हासिदिने, आधा खुसी आधा बेखुसी, मनभित्र पिडा भएनी हास्दा हास्दै आखामा आशु आइदिने । यहाको मौसम पनि यस्तै छ त्यो ब्याक्ती जस्तै जो आधिको यात्रा गरिरहेछ ।

सुभदिन 😍😍😍😍😍

पिरतीले दिएकाे कुरा

This is what my love gave

याे शब्द सुन्दामा जति अानन्द छ पिरतिका अनगिन्ती भागहरू भाेग्नेलाइ मात्रा थाहा हुन्छ बास्तबमा पिरतीका सत्य कथा कहानीहरू ।

अाज त्याे दिन सम्झदा, साथ साथ बिताएकाे त्याे पल सम्झदा हिजाे जस्ताे लाग्छ तर समय कति चाँडाे बितेछ थाहै भएन । प्रियतम, तिमीले सायद सबै कुराहरू भुल्याै हाेला किनकी तिमीसँग त भुल्याउने प्रशस्त कुराहरू तिम्राेसाथ छन् तर म कसरी भुलाै ति क्षणहरू जुन याे मन मषि्तकमा कहिले नमेटिने गरी बसेका छन् । अझैपनि एकान्तमा बसेर म त्यहि दिन, क्षण,पललाइ नै सम्झि बसीरहेछु, किन हाे मलाइ थाहा छैन जति बिर्साै भन्छु तर झन ताजा बनि ति क्षणहरू झल्झली अाँखा अगाडी नै अाइरहन्छ । तिम्राे त्याे मुस्कान मेराे अाँखा मै छ, अनि त्याे तिम्राे सुमधुर अावज मेराे कानमा सधै नै गुन्जिरहन्छ अनि याे मेराे उदास भएकाे अनुहारबाट त्यति कै मन्द मुस्कानहरू अाउछ तब म अचानक हाेसमा अाउछु त्यहाँ तिम्राे सम्झना बाहेक केहि हुन्न, जे भए पनि तिम्राे यादमा भएनी बाँच्न पाएकाे छु म यतिमै खुसी छु ।

तिमीलाइ थाहा छ, तिमीले के के भनेका थियाै, हरेक दिन फाेनमा घण्टाैसम्म बाेल्दा, एकछिन नभेट्दा, नदेख्दा, नबाेल्दा हामी कति एक अर्कालाइ मिस गर्थाै, कहिले भेटाै र बाेलाै हुन्थ्ाे तर अाज ति सब सपना जस्ताे लाग्छ । यि सब हुनुमा न तिम्राे दाेस न मेराे याे सब समय र परिस्थितीले यसाे गर्याे, बास्तवमा मायाले संसार थाम्दैन भन्थे हाे रहेछ । तिमीलाइ तिम्राे परिस्थितीले कहाँ पुर्याे मलाइ कहाँ, हामीलाइ हाम्राे परिस्थितीले जसरी टाढा बनायाे भावनात्मक रूपमा पनि टाढा भयाै, सारा मन मषि्तक दैनिक संघर्षले अाेगट्याे त्याे दलदलबाट निस्केर एकअर्कालाइ सम्झिने फुर्सदसमेत भएन । समय बितिरह्याे समयसँगै हाम्रा सम्बन्ध पनि पुरानाे हुदै गयाे, तिमीले अरू कसैसँग नयाँ सम्बन्ध सुरूवात गरेकाे खबर पाए, तिमीलाइ के थाहा याे कुराले मलाइ कति बेचैनी बनायाे भनेर । म जहिले पनि तिमीलाइ खुसी हेर्न चाहने मान्छे भएकाे कारण कुनै बाधा बन्न चाहिन । किनकी तिमी त मेराे मन परेकाे मान्छे, मनले रूचाएकाे मान्छे, नजिककाे मान्छे तिम्राे खुसीकाे लागि म जे जति अफ्ठयारा कुराहरू सहन पनि तयार छु त्यहि भएर तिम्राे खुसीकाे लागि याे मेराे बलिदान हाे ।

म बिगतलाइ स्मरण गर्दै बाँचिरहे पनि तिमी अाफ्नाे नयाँ संसारमा हाँसी खुसी छाै यहि मेराे लागि ठुलाे कुरा हाे । तिमी बाहेक याे मनमा कसैले बास गर्न सकेन कारण तिमी मेराे पहिलाे पिरती अर्थात माया भएर हाेला । हाम्राे बिगत मेराे वर्तमान र बाँच्ने अाधार भएकाे छ, किहले कही याे गितकाे याद अाउछ पिरतीले हसाँयाे पिरतीले रूवायाे पिरतीले अाज फेरी एक्लाे बनायाे ।

चेलीकाे कथा

ठुलाे सपना देख्नु पाप हाेइन याे सबैकाे अधिकार हाे मात्र फरक यति हाे कसैकाे सपना साकार हुन्छ त कसैकाे गर्भमा नै तुहिन्छ । हाम्राे समाजमा पनि यस्ता चेलीहरू धेरै भेटिन्छन् जस्ले सपना देख्छन र कतिकाे सपना साकार हुन्छ त कतिकाे हुदैन । ति चेलीहरूमध्ये एउटा चेलीकाे कथा यस्ताे छ याे कथा कुनै बनावटी नभइ बास्तविकता हाे ।

याे चेलीकाे जन्म अाज भन्दा लगभग ३० बर्ष अगाडी नेपालकाे पुर्वी भागकाे एउटा दुर्गम गाँउमा सामान्य किसानी परिवारमा हुन्छ । किसानी परिवार भएकाे कारण उसकी बाबा अामा दुइ छाक खाना र एक झुम्राे लगाउनकाे लागि धेरै मिहेनत गर्छन्, छारी पनि अाज भन्दै भाेली भन्दै हुकिन्छे र स्कुल भर्न गर्ने बेलाकाे हुन्िछ । परिवार पनि खुसीसाथ अाफ्नाे छाेरीलाइ ठुलाे मान्छे बनाउने उदेश्य लिएर स्कुल भर्न गराउछिन् । समय अाफ्नै रफ्तारमा बितिरहन्छ त्याे परिवारकाे दैनिकी त्यसैगरि बितिरहन्छ, छाेरी अाज भन्दै भाेली भन्दै ठुली हुदै छिन् उमेर बढेसँगै घरकाे समस्य, अामा बाबाले गर्नुभएकाे दुख, समाजकाे परिसि्थती बुझ्न सक्ने हुनि्छन । यि सबै कुराहरूकाे बापजुझ उसले पनि ठुलाे सपना सजाैन थालि्छन, उनलाइ थाहा छैन त्याे सपना पुरा हुन्छ या हुन्न । बाबा अामाले उसकाे लागि गरेकाे मिहेनतकाे कदर गर्दै उसले अाफ्नाे अध्यायनमा राम्राे गर्छिन याे देखेर बाबा अामा खुसी नहुने कुरै भएन । भविष्यमा ठुलाे मान्छे बन्ने, धेरै पड्ने, बाबा अामालाइ सुख दिने जस्ता कुराहरू उस्काे मनमा सधै खेलिरहन्थाे । यि सबै सपना पुरा गर्नकाे लागि उ अाफ्नाे स्कुल स्तरीय पढाइ सकेपछि शहर जाने र अाफ्नाे सपनना पुरा गर्ने निर्णय गर्छिन ।

गाँउदेखि अपरिचित शहरतिरकाे यात्रा . . . . . . . . . . . . . . . . .

उस्ले अब अाफ्नाे शहरकाे यात्रा शुरू गर्छिन, याे भन्दा पहिला न उ गाँउ छाेडेर कतै गएकी थिइ न शहरकाे बारेमा कुनै ज्ञान नै थियाे । उस्काे यात्रा कहाँ पुगेर कसरी पुरा हुन्छ केहि थाहा छैन तर पनि उनी हरेस नखाइ हिडछिन । त्याे दुर्गम गाँउबाट उनी नेपालकाे राजधानी काठमाण्डाै अाउछिन् जहाँ उस्ले चिनेकाे न काही छ न त अाफ्नाे अाफन्त नै छ । त्याे अपरिचित शहरमा अब उस्काे दिनचार्य शुरू हुन्छ, यता उता भाैतारिन्छ, त्याे शहरमा अपरिचित घरहरूकाे ढाेका ढक्ढक्याउदै हिड्दा कसैले दया गरी बस्ने ठाँउ दिन्छ त्यसपछि उस्काे लागि बडाे संघर्षकाे दिन शूरू हुन्छ । गाँउ र शहरकाे वातावरणमा पुर्ण भिन्नता पाउछ, शहरकाे मानिसहरू स्वार्थी स्वभावकाे पाउन थाल्याे, घरहरू नजिक छन तर मन भने एकदम टाढा भेटाए, सबै कुराहरूकाे लागि पैसा चाहिने अझै मान्छेलाइ बाेल्नकाे लागि पनि पैसा नै चाहिने जस्तै भान भाे । उस्ले सरकारी कलेजमा भर्न गरिन, कलेज जाने अाउने काम उस्काे दैनिकी भयाे भने अर्काेतिर कसरी सपना पुरा गर्ने भन्ने अर्काे चिन्ताले भने कहिले छाेडेन । घरबाट पठाएकाे पैसाले उस्लाइ त्याे स्वार्थी शहरमा जिउन गाराे भाे अनि उसले बाँकी बाँचेकाे समयमा काम गर्ने निर्णय गरिन र कामकाे खाेजी जारी भयाे । उनले धेरै वटा अफिसहरू धाइन तर भने जस्ताे काम भने केहि भएन, शहरकाे बढ्दाे महँगी, दैनिक अावश्यकतालाइ धान्न गाह्राे भएकाे कारण उस्ले कलेजकाे पढाइलाइ निरन्तरता दिन सकिनन् अब उसकाे प्राथमिकता पैसा हुन थाल्थाे । अहिले पनि उ अाफ्नाे सपना पुरा गर्नकाे लागि भाैतारिरहेकी छिन, संघर्ष जारी नै छ, उस्लाइ थाहा छैन याे संघर्षले उस्काे सपना पुरा हुन्छ या हून्न तर उस्काे गति भने जारी नै छ । याे शहरकाे धुलाे, धुवाँ, हुरीबतास केहि नभनी लागिपरेकी छिन ।

मलाइ कहिले कहि यस्ताे लाग्छ कि के याे दुनिया पैसावालाकाे लागि मात्रा हाे ? के साधारण मान्छेलाइ यहाँ बाच्न अधिकार छैन ? के गरिबलाइ यहाँ बाच्न अधिकार छैन ? याे देशमा अहिले कम्यूनिष्ट पार्टीले देश नेतृत्व गरीराखेकाे छ तर के कम्यूनिष्टहरू सर्वाहाराहरूकाे उत्थान गर्नलाइ हाेइन र ? कहिलेसम्म गरीबहरू गरीब नै भइरहने ? र धनीहरू धनी नै बनीरहने ?

त्याे चेलीकाे सपना एकदिन साकार हाेस् ।

जय स्वाभिमान । जय नेपाल ।।